「कानागावा अन्तर्राष्ट्रिय फ्यान क्लब」 मा हार्दिक स्वागत छ
नयाँ समाचारहरु तथा बिस्तृत जानकारीहरुका लागी जापानी तथा अंग्रेजी पृष्ठहरु हेर्नुहोला।

掲載日:2013年7月1日

कानागावा अन्तर्राष्ट्रिय फ्यान क्लबको बारे

「कानागावा अन्तर्राष्ट्रिय फ्यान क्लब」भनेको बिदेशी बिधार्थीहरु तथा कानागावा संग मित्रता गाँसेका, देश-बिदेशमा रहने महानुभावहरु तथा सहयोग गर्ने व्यक्तिहरुको समूह हो। यस फ्यान कल्वको सदस्य भएमा कानागावाको महत्वपूर्ण खबरहरुको बारेमा बुझ्न तथा जानकारीहरु लिई अन्य सदस्यहरु संग विचार साट्नुका साथै बिभिन्न ब्यक्तिहरु संग विचारको आदान प्रदान गर्न सकिन्छ। फ्यान क्लब मार्फत विश्व र कानागावालाई जोड्ने नेटवर्क बनाउनुका साथै, कानागावासंग सम्बन्ध भएका बिदेशीहरु तथा त्यस्ता बिदेशीहरुलाई सहयोग गर्ने व्यक्तिहरुसंग मिलेर डाइनामिक कानागावा बनाउने प्रयास गर्नेछौ।

फ्यान क्लबको सदस्यता बारे
कानागावाको लागी「केहि गर्न चाहने 」、「कानागावा मनपराउने 」कानागावाप्रति आत्मियता राख्ने, साथै कानागावा संग सम्बन्ध भएका बिदेशीहरु भए जो सुकैले पनि यसको सदस्यता लिन सक्दछन्।
जस्तै
〈यस अञ्चल〉
★कानागावामा अध्यन गरिरहेका बिदेशी बिधार्थीहरु,
★कानागावामा तालिम लिइरहेका प्रशिक्षार्थीहरु आदी

〈बिदेशमा〉
★कानागावामा अध्यन गरेका पूर्व विधार्थीहरु आदी
★कानागावामा तालिम लिएका पूर्व प्रशिक्षार्थीहरु आदी
त्यस बाहेक, कानागावाप्रति आत्मीयता राख्ने देश भित्र बाहिरका ब्यक्तिहरु
~सदस्यता शुल्क तथा मासिक शुल्क लाग्ने छैन~

सदस्यता लिन यहाँ थिच्नुहोस


सहयोगी सदस्यता बारे
बिदेशी बिधार्थीहरुलाई सहयोग गर्ने NPOसंस्था, निजी कम्पनी, अस्पताल तथा समाज कल्याणकारी संस्था वा ब्यक्ति मध्ये 「कानागावा अन्तर्राष्ट्रिय फ्यान क्लबको उदेश्यप्रति सहमति जनाउने संस्था वा ब्यक्ति भए, जो कोहिपनि यसको सदस्य हुन सक्नेछन्।सहयोगी सदस्यहरुलाई, फ्यान कल्ब सदस्यहरुको लागी आयोजना गरिने “आदानप्रदान कार्यक्रम, अवलोकन भ्रमण, अध्यन भ्रमण, सामाग्रीहरु उपलब्ध गराउने वा सहयोगी परिवार भएर बिधार्थीहरुलाई घरमा बोलाउने”जस्ता कार्यहरु गर्नुहुन अनुरोध गरिन्छ।

सहयोगी सदस्यता लिन यहाँ थिच्नुहोस

फ्यान क्लबको सदस्य वा सहयोगी सदस्य भएमा
・त्यस्ता सदस्यहरुलाई बिभिन्न किसिमका जानकारीहरु उपलब्ध गराइन्छ।
★कानागावाको पर्यटन स्थल, कार्यक्रम वा योजनाहरु,बिदेशी बिधार्थीहरुलाई गरिने सहयोग बारे इमेल मार्फत सूचना पठाइन्छ।
★होमपेज मार्फत कानागावामा 「कामगर्न」,「बस्न」,「भेटघाट गर्न」कोलागी बिभिन्न जानकारीहरु उपलब्ध गराइन्छ।
・कानागावा अञ्चलले आयोजना गर्ने फ्यान कल्ब तथा बिदेशी बिधार्थीहरुको लागी आयोजना गर्ने कार्यक्रममा भाग लिन पाइन्छ।

कुरोइवा अँञ्चलाधिसको अनुरोध

कानागावामा अध्यन गर्ने र बस्ने बिदेशबाट आउनुभएका ब्यक्तिहरु, हाल बिदेशमा बसे पनि कानागावासंग सम्बन्ध भएका ब्यक्तिहरु कानागावाको फ्यान भईदिनुभयो भने यस कानागावा अञ्चलले गर्न सक्ने सबैभन्दा ठूलो कुटनीति त्यहि हुनेछ।

यस पोर्टल साइट 「कानागावा अन्तर्राष्ट्रिय फ्यान क्लब」 हेरिदिनु भएकोमा हार्दिक धन्यवाद।

कुटनीति भनेको साधारणतया देश र देशको बीचको सम्बन्ध हो तर वास्तबमा महत्वपूर्ण कुरा जनस्थरको आत्मीय सम्बन्ध प्रगाड भएर ब्यक्ति ब्यक्तिबीच आदान प्रदान हुने कुरा हो। कानागावामा आएका व्यक्तिहरुलाई कानागावाको आदान प्रदानले जीवनभर नबिर्सिने संझनाहरु बनोस भन्ने लाग्दछ।“बिदेशबाट आएर कानागावामा पढ्ने, बस्ने ब्यक्तिहरु, हाल बिदेशमा बस्ने कानागावासंग सम्बन्ध रहेका ब्यक्तिहरु, सहयोग वा आदान प्रदान बाट सम्बन्ध बिकाश गरी, जापान र उहाँहरुको देश बीचको बलियो पाइप बनाउने” त्यो नै मैले सोचेको「कुटनीति」हो। स्थानीय क्षेत्रमा बिदेशबाट आएका ब्यक्तिहरुसंग नजिकको सम्बन्ध राख्ने अञ्चलबासीहरु,निजी कम्पनीहरु, NPOका ब्यक्तिहरुसंगै यस्तो किसीमको कुटनीतिलाई अगाडि बढाउन चाहन्छु।

२०११को शरद् ऋतुमा म कानागावाको भगिनित्व सम्बन्ध भएको मलेशियाको पेनान प्रान्तमा गएको थिए। मैले कानागावाको आर्थतन्त्रबारे प्रेजेन्टेशन गरेको हलमा एकजना जवान ब्यक्तिसंग भेट भयो। त्यो जवान मान्छेले भने 「मैले कानागावामा अध्यन गरेको र असाध्यै राम्रो अनुभवहरु गरेको थिए। हाल पढाइ सकेर आफ्नो देशमा फर्केर, ब्यापार गरी धेरै ठूलो प्रगति गरेको छु। त्यो सब कानागावाको देन हो। म आफ्नो बाँकी जीवनमा कानागावा र पेनान प्रान्त, त्यसैगरी जापान र मलेसियाको बीचको कोसेढुंगा भएर काम गर्न चाहन्छु」भनेर भन्नुभयो।

यस्ता ब्यक्तिहरुको अस्तित्व अतिनै ठुलो हुन्छ। अब जापान र कानागावाको फ्यान बढाउने कुरा कानागावा र जापानको भविष्यकोलागी महत्वपूर्ण कुरा हो जस्तो मलाई लाग्द्छ।

त्यस कारण, कानागावाको फ्यानहरु संसारभर फैलाएर, नेटवर्क बनाउनकोलागी, कानागावामा पढ्ने, बस्ने बिदेशबाट आएका ब्यक्तिहरु वा हाल बिदेशमा बसेपनि कानागावासंग सम्बन्ध भएका ब्यक्तिहरुको लागी यो「कानागावा अन्तराष्ट्रिय फ्यान क्लब」पोर्टल साइटको शुरुवात गरिएको छ।

यहाँ सहयोग वा आदानप्रदानका कार्यक्रमहरुको परिचय, पर्यटन सम्बन्धी जानकारी लगाएत कानागावाका आकर्षक सूचनाहरु, सदस्यहरुबाट प्राप्त जानकारीहरु लगाएत अन्य विभिन्न सूचनाहरु प्रदान गरिन्छ। यस पोर्टल साइटले कानागावाको सम्बन्ध प्रगाड गर्न बिभिन्न ब्यक्तिहरुलाई काम लागोस् र 「कानागावा अन्तर्राष्ट्रिय फ्यान क्लब」को उतरोत्तर प्रगतिको कामना गर्दछु।

२०१२ साल ५ महिना

PAGETOP